Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, दोलखा

इलाका प्रशासन कार्यालय , सिंगटीबजार, दोलखा

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, दोलखा

इलाका प्रशासन कार्यालय , सिंगटीबजार, दोलखा

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

इलाका प्रशासन कार्यालयद्वारा घरदैलोमै पुगेर नागरिकता वितरण

२ महिना अगाडी २०८३-०१-११

Untitled_design.png तस्बिर :

दोलखा, [२०८३-०१-०९]
इलाका प्रशासन कार्यालयले आफ्नो सेवालाई नागरिकको घरदैलोसम्म पुर्‍याउने अभियान अन्तर्गत आज एक शारीरिक रूपमा अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ।
दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ५ निवासी श्री चन्द्रकला तामाङ लामो समयदेखि शारीरिक रूपमा अशक्त भई हिँडडुल गर्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो। कार्यालयसम्म उपस्थित भएर नागरिकता लिन असमर्थ उहाँको अवस्थालाई दृष्टिगत गर्दै प्रशासनले विशेष पहल गरेको हो।
इलाका प्रशासन कार्यालयका प्रमुख श्री भरत कुमार दाश, कम्प्युटर अपरेटर श्री ईश्वर आचार्य र सहयोगी कर्मचारी हिमा श्रेष्ठसहितको टोली उहाँकै निवासमा पुगी आवश्यक प्रक्रिया पुरा गरी नागरिकता हस्तान्तरण गरेको छ। बेडमै रहनुभएकी तामाङको नागरिकता उहाँका श्रीमानलाई हस्तान्तरण गरिएको हो।
नागरिकता प्राप्त गरेपछि तामाङ परिवारले राज्यको उपस्थिति र सेवा घरमै पाउँदा खुसी व्यक्त गरेका छन्। कार्यालय प्रमुख दाशका अनुसार, "नागरिकलाई राज्यको सेवाबाट वञ्चित हुन नदिन र विशेष गरी अशक्त, वृद्धवृद्धा तथा असहाय नागरिकका लागि कार्यालयले यस्ता मानवीय र जनमुखी कार्यलाई प्राथमिकता दिँदै आएको छ।"
सरकारी सेवालाई सरल, सहज र पहुँचयोग्य बनाउने उद्देश्यले प्रशासनले समय-समयमा यस्ता सेवा तथा घरदैलो सेवाहरू सञ्चालन गर्दै आएको छ।
 

 

 

पछिल्लो अपडेट गरिएको : 2083-03-09 15:18:09

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय , सिंगटीबजार, दोलखा .