Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, दोलखा

इलाका प्रशासन कार्यालय , सिंगटीबजार, दोलखा

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, दोलखा

इलाका प्रशासन कार्यालय , सिंगटीबजार, दोलखा

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

2076-06-08

2076-06-08

इलाका प्रशासन कार्यालय, सिंगटी दोलखा

नागरिक बडापत्र

क्र.सं

सेवाको विवरण

आवश्यक कागजात/ प्रमाणहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी/शाखा

गुनासो सुन्ने अधिकारी

कैफियत

1.

वंशजको आधारमा

नयाँ नागरिकता

  • नागरिकता बनाउने मितिको दिन सम्ममा १६ वर्ष उमेर पुरा भएको हुनुपर्ने
  • सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भएको नियमावलीको अनुसुची 1 बमोजिमको फोटो समेत प्रमाणित गरेको फाराम
  • आमा र बाबुको नागरिकताको प्रमाणपत्र
  • बाबु आमाको बिवाह दर्ताको प्रमाणपत्र
  • जन्म दर्ता र शैक्षिक योग्यताको प्रमाण पत्र
  • सनाखतका लागि आफ्नो बाबु आमा बाहेक तीन पुस्ताभित्रका व्यक्ति उपस्थित भएको खण्डमा निजको नागरिकता र नाता खुल्ने कागजात
  • बुबा वा आमाको मृत्यु भएको अवस्थामा मृत्यु दर्ताको प्रमाणपत्र
  • दुबै कान देखिने हालसालै खिचेको सेतो पृष्ठभुमी भएको 2.5 x 3 cm  साइजको फोटो 2 प्रति
  • विवाहित महिलाको हकमा पतिको नागरिकता,   विवाह दर्ताको प्रमाणपत्र साथै माईती तर्फको बंश खुल्ने अभिभावकको नागरिकता समेत। साथै सनाखतको लागि पति/ सासु/ससुरा/जेठाजु/देवरमध्ये कुनै एकजना नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुनुपर्ने।
  • बसाईसराई भई आएको व्यक्तिको हकमा बसाईसराईको दर्ता प्रमाणपत्र।

प्रमाण/ कागजात पुगेकोमा सोहि दिन

रु 10 को हुलाक

 टिकट

शाखा अधिकृत, नायब सुब्बा

नागरिकता शाखा

कार्यालय प्रमुख

आमाको नामवाट वंशजको नागरिकता प्राप्त गर्न

  • नियमावलिको अनुसुचि 1 बमोजिमको विवरण भरि सम्बन्धित वडा कार्यालयबाट फोटो समेत प्रमाणित गरेको फाराम
  • आमाको नेपाली नागरिकताको प्रमाणपत्र
  • जन्मदर्ता र शैक्षिक योग्यताको प्रमाणपत्र
  • जन्म स्थान र आमासँगको नाता साथै नेपालमा जन्म भइ नेपालमा नै बसोबास गर्दै आएको र निजको बुबाको पहिचान हुन नसकेको व्यहोरा  सनाखत गरि सम्बन्धित स्थानिय तहले गराइदिएको सिफारिस र सर्जमिन मुचुल्का।
  • दुबै कान देखिने हालसालै खिचेको सेतो पृष्ठभुमी भएको 2.5 x 3 cm  साइजको फोटो 2 प्रति
  • आमाको सनाखत
  • नियमावलीको अनुसुचिको 4(क) र 4(ख) बमोजिमको स्वघोषणा।
  • आमाको मृत्यु भइसकेको भए मृत्युदर्ताको प्रमाणपत्र र होस ठेगाना नरहेकोमा सम्बन्धित चिकित्सकको सिफारिस।

प्रमाण/ कागजात पुगेकोमा सोहि दिन

रु 10 को हुलाक टिकट

शाखा अधिकृत, नायब सुब्बा

नागरिकता शाखा

कार्यालय प्रमुख

2.

नागरिकता प्रतिलिपि

  • नागरिकता हराएको, च्यातिएको वा नष्ट भएको अवस्थामा
  • नागरिकताको प्रमाणपत्र वितरण कार्यविधि,  निर्देशिका 2063 मा उल्लेखित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पाँउ भन्ने ढाँचाको निवेदन र सम्बन्धित वडाको सिफारिस।
  • दुबै कान देखिने हालसालै खिचेको सेतो पृष्ठभुमी भएको 2.5 x 3 cm  साइजको फोटो 2 प्रति
  • पहिले जारी भएको नागरिकता च्यातिएको वा फाटेको भएमा सोहि अवस्थाको नागरिकताको सक्कल प्रति र हराएको वा नष्ट भएको हकमा उक्त नागरिकताको प्रमाणपत्रको छाँयाप्रति वा नागरिकता नम्बर खुल्ने अन्य प्रमाणपत्र
  • पतिको नामथर र ठेगाना कायम गर्ने
  • नागरिकताको प्रमाणपत्र वितरण कार्यविधि,  निर्देशिका 2063 मा उल्लेखित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पाँउ भन्ने ढाँचाको निवेदन र सम्बन्धित वडाको सिफारिस।
  • पतिको नामथर र ठेगाना समेत कायम गरिदिने व्यहोराको सम्बन्धित वडा कार्यालयको सिफारिस र सम्बन्धित व्यक्तिको निवेदन
  • दुबै कान देखिने हालसालै खिचेको सेतो पृष्ठभुमी भएको 2.5 x 3 cm  साइजको फोटो 2 प्रति
  • निवेदकको नागरिकताको प्रमाणपत्र
  • निवेदकको पतिको नागरिकताको प्रमाणपत्र
  • विवाह दर्ताको प्रमाणपत्र
  • सनाखतको लागि पति/ सासु/ ससुरा/ जेठाजु/ देवरमध्ये कुनै एकजना नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुनुपर्ने।
  • पतिको बसाईसराई भई आएको हकमा बसाईसराईको दर्ता प्रमापत्र
  • पतिको नामथर हटाउने वा माईतिको थर र ठेगाना कायम गर्ने
  • नागरिकताको प्रमाणपत्र वितरण कार्यविधि,  निर्देशिका 2063 मा उल्लेखित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पाँउ भन्ने ढाँचाको निवेदन र सम्बन्धित वडाको सिफारिस।
  • पतिको नामथर हटाई माईतीको थर र ठेगाना कायम गरि गरिपाँउ भन्ने सम्बन्धित वडाको सिफारिस पत्र र सम्बन्धित व्यक्तिको निवेदन।
  • दुबै कान देखिने हालसालै खिचेको सेतो पृष्ठभुमी भएको 2.5 x 3 cm  साइजको फोटो 2 प्रति
  • सम्बन्ध विच्छेद गरेको अदालतको फैसला र सम्बन्ध विच्छेद गरेको घटना दर्ता प्रमाण पत्र
  • सक्कल नागरिकता सहित माइती पट्टिको आमा/ बाबु/ दाजु/ भाई वा सो नभए तीन पुस्ता भित्रका नातेदारको सनाखत
  • पतिको नामथर र ठेगाना हटाई माईतिको थर र ठेगाना कायम गरि नागरिकताको प्रतिलिपि जारी गरिदिनु भन्ने सम्बन्धित वडाको सिफारिस
  • पुन विवाह गरेको अवस्थामा हालको पतिको नामथर र ठेगाना कायम गर्ने
  • नागरिकताको प्रमाणपत्र वितरण कार्यविधि,  निर्देशिका 2063 मा उल्लेखित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पाँउ भन्ने ढाँचाको निवेदन र सम्बन्धित वडाको सिफारिस।
  • हालको पतिको नाम थर र ठेगाना कायम गरिपाँउ भन्ने सम्बन्धित वडाको निवेदन।
  • दुबै कान देखिने हालसालै खिचेको सेतो पृष्ठभुमी भएको 2.5 x 3 cm  साइजको फोटो 2 प्रति
  • पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ताको प्रमाणपत्र वा सम्बन्ध विच्छेद भएको अवस्थामा अदालतको फैसला र सम्बन्ध विच्छेद घटना दर्ता प्रमाण पत्र
  • निवेदक र निवेदकको हाल कायम गर्नुपर्ने पतिको नागरिकता प्रमाण पत्र
  • हालको विवाह दर्ताको प्रमाण पत्र
  • सनाखतको लागि पति/ सासु/ ससुरा/ जेठाजु/ देवरमध्ये कुनै एकजना नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुनुपर्ने।

प्रमाण/ कागजात पुगेकोमा सोहि दिन

रु १३ को हुलाक

टिकट

मधेशी,  जनजाती, दलित,  खस आदि प्रमाणित

  • रु १० को हुलाक टिकट सहित निर्धारित ढाँचाको निवेदन
  • सम्वन्धित स्थानिय तहको सिफारिस पत्र
  • निवेदकको नागरिकताको प्रमाणपत्रको सक्कल प्रमाणपत्र र छाँयाप्रतिसमेत।

प्रमाण/ कागजात पुगेकोमा सोहि दिन

रु १० को हुलाक टिकट

शाखा अधिकृत, नायब सुब्बा

नागरिकता शाखा

कार्यालय प्रमुख

महत्वपूर्ण जानकारीः

  • सेवाग्राहीले निवेदन र फारम वाहेक आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने छ र Verify गर्ने प्रयोजनका लागि ती कागजातका सक्कल लिइ आउनुपर्ने छ।
  • नागरिकता वनाउने कार्यका लागि थप कुनै व्यहोरा विवरण बुझ्नुपर्ने भएमा स्थानीय तह वा प्रहरी सर्जमिन लगायत बुझ्न सकिने छ।
  • आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।

थप जानकारीको लागि कार्यालयको सम्पर्क नम्बरः ०४९-४१००२४,  मोबाइल नम्बरः ९८५४०४५३८७

धन्यवाद।

पछिल्लो अपडेट गरिएको : 2083-01-09 12:46:56

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय , सिंगटीबजार, दोलखा .