2076-06-08
2076-06-08
दाेलखा जिल्लाकाे उत्तरी भेगमा वसाेबास गर्ने जनताहरुलाई सेवा प्रदान गर्ने उद्धेश्यले २०७३ साल भाद्र ७ गते देखि यस कार्यालयकाे स्थापना भई सेवा प्रारम्भ भएकाे हाे । हाल नेपालकाे संविधान २०७२ जारी भए पश्चात देश संघिय प्रणालिमा रुपान्तरण भई राज्यकाे पुन : संरचना भएकाले यस कार्यालयबाट हाल विगु गाउँपालिकाको सम्पुर्ण वडाहरु ,कालिञ्चाेक गाउँपालिकाकाे वडा नं. १ देखी वडा नं. ६ सम्म र गाैरिशंकर गाउँपालिकाकाे वडा नं. ३ देखि वडा नं. ९ सम्म वसाेवास गर्ने जनतालाई सेवा प्रदान गदै आएकाे छ ।
यस कार्यालयले खास गरी आफ्नो कार्य क्षेत्र भित्रका नागरिकहरुलाई देहाय बमोजिम सेवा प्रदान गर्दै आएको छ -
• बाबु वा आमाको नामबाट बंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र जारी गर्ने ।
• प्रतिलिपि नागरिकता जारी गर्ने ।
• स्थानीय तहहरुबाट सिफारिस भई आएका विविध व्यहोरा प्रमाणित गर्ने ।
• आपूर्ति व्यवस्थालाई सहज वनाई राख्न बजार अनुगमन गर्ने, कालो बजारी तथा तस्करी नियन्त्रण सम्वन्धी प्रारम्भिक कार्य गर्ने ।
• आफ्नो इलाका भित्रका सरकारी कार्यालयहरुको निरीक्षण एवं सार्वजनिक सेवा वितरण कार्य छिटो छरितो र गुणस्तरीय तुल्याउन आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने ।
• शान्ति सुव्यवस्था कायम राख्न प्रमुख जिल्ला अधिकारीलाई सहयोग गर्ने ।
• इलाका भित्र पर्ने सुरक्षा निकायको काम कारवाही उपर रेखदेख, नियन्त्रण र सुपरिवेक्षण गर्ने ।
• विकास निर्माणका कार्यमा स्थानीय तहहरु लगायत सम्वद्ध पक्षको सहयोग, समन्वय र अनुगमन गर्ने ।
• गै .स.स. का काम कारवाहीका सम्वन्धमा अनुगमन, निरीक्षण, नियमन गर्ने, नवीकरण गर्ने ।
• सरकारी सम्पत्तिको रेखदेख, मर्मत सम्भार गर्न लगाउने ।
• इलाका भित्र अवैध मदिरा नियन्त्रण र नियमन सम्वन्धी कार्य गर्ने ।
• लागू औषध नियन्त्रण सम्वन्धी कार्यमा समन्वय गर्ने ।
• भैपरि आउने अन्य कार्य गर्ने ।
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय , सिंगटीबजार, दोलखा .